तपाईँ सुन्दै हुनुहुन्छः

‘कृषि विकास बैङ्कले कृषिलाई प्राथमिकता दिई कर्जा प्रवाह गर्नुपर्छ’

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषि विकास बैङ्कले स्थापनाकालमा लिएको उद्देश्यबाट विचलन नभै कृषिलाई पहिलो प्राथमिकता दिई कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

File Photo

शुक्रवार कृषि विकास बैङ्क लि.को ५५ औ वार्षिकोत्सव समारोहको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपाल सरकारले अगाडी सारेका लोक कल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथमिकता दिई बैङ्किङ व्यवसाय सञ्चालन गर्न कृषि विकास बैकलाई निर्देशन दिनुभयो ।

कार्यक्रमका नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आगामी दिनहरूमा वाणिज्य, बैङ्किङ लगायत कृषि र किसानहरूको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम सञ्चालन गर्न बैङ्कलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैकले करिव १५ लाख निक्षेपकर्ताको १ खर्व ५८ अर्ब निक्षेप सङ्कलन गरी १ लाख ५६ हजार कर्जाग्राहीलाई करिव १ खर्व ७५ अर्ब कर्जा प्रवाह गरेको र त्यसमध्ये करिव ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेको बताउनुभयो ।

बैकले गत वर्षको नाफाबाट करिव ३ लाख शेयर धनीहरूलाई २१ प्रतिशत प्रतिफल उपलब्ध गराएको छ ।

कृषि विकास बैङ्क लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैङ्कले १ अर्ब ४२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको यही अवधिमा बैङ्कले १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिसम्ममा बैङ्कको वितरण योग्य नाफा ८८ करोड १५ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button