तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र ओमानबिचको खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुने

काठमाडौँ । आइसिसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गत नेपाल र आयोजक ओमानबिचको खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुने भएको छ ।

आइसिसीको खेलतालिका अनुसार ग्लोबल छनोटको समूह ‘ए’ अन्तर्गतको ग्रुप टुमा रहेको नेपाल र ओमानबिचको खेल फेब्रुअरी १८ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । ग्रुप टु अन्तर्गत ओमानसहित नेपाल, क्यानडा र फिलिपिन्स रहेका छन् ।

नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ । नेपालले तेस्रो खेल क्यानडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।

छनोट अघि नेपालले ओमानमै आयरल्यान्ड, युएई र घरेलु टोली ओमानविरुद्ध टी–ट्वान्टी सिरिज खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button