तपाईँ सुन्दै हुनुहुन्छः

१० हजार बढीमा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा आज थप १० हजार ७ सय ३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

आज १८ हजार ६ सय १८ नमूनाको पिसिआर परीक्षण गर्दा ८ हजार ८ सय १५ जना तथा ४ हजार ४ सय ७४ नमूनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमण दर उच्च रहेको काठमाडौँ उपत्यका भित्र मात्रै आज ५ हजार २ सय ९९ संक्रमित थपिएका छन् । 

मन्त्रालयका अनुसार आज काठमाडौँमा ४ हजार २ सय ७९ जना ललितपुरमा ५ सय ६७ जना तथा भक्तपुरमा ४ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । 

यसैगरी आज थप ७ सय ६६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ३ जनाको मृत्यु भएपछि हाल सम्म मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार ६ सय ३५ पुगेको छ । 

यो सँगै नेपालमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार ३ सय ७४ पुगेको छ भने कूल सक्रिय सङ्क्रमितको करिब ६५ प्रतिशत अर्थात् ४२ हजार ५६ जना उपत्यकाका तिन जिल्लामा मात्रै रहेका छन् । 

विगत २४ घण्टामा ३ लाख सात हजार ४०१ ले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ३७९ र पूर्ण मात्रा एक करोड २७ लाख ४६ हजार ५८० जनाले लगाइसकेका छन् ।

यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज ५० हजारभन्दा बढीले लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button