तपाईँ सुन्दै हुनुहुन्छः

३ सय किलो अवैध कुखुरा नष्ट

सर्लाही । सर्लाहीमा ३ सय किलो जिउँदो बोइलर कुखुरा नष्ट गरिएको छ ।

अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएका बोइलर कुखुरा सशस्त्र प्रहरीले सर्लाहीको सङ्ग्रामपुर नाकाबाट बरामद गरी आज नष्ट गरेको हो । कुखुरा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नंं १० गणको टोलीले बरामद गरेको थियो ।

बरामद गरिएको कुखुरालाई बोर्डर आउट पोस्ट मलंगवा ल्याई सरोकारवाला निकायको रोहबरमा खाल्डो खनी नष्ट गरिएको गरिएको सशस्त्र प्रहरी निरीक्षक उमेश कार्कीले जानकारी दिनुभयो ।

कुखुरासहित बिआर ३० जे ६७२९, बिआर ०६ एसी ४२८३ र बिआर ३० टी १७५८ नम्बरको तिन मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

गस्तीमा खटेको सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै तस्करहरू मोटरसाइकल र कुखुरा छोडेर फरार भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button