तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई युवक पक्राउ

सप्तरी। सप्तरी प्रहरीले स्रोत नखुलेको करिब १० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका–१२ का २४ वर्षीय दिलिपकुमार मण्डललाई पक्राउ गरेको जनाएको छ ।

भारतबाट नेपालतर्फ आएको प्रदेश २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा नौ लाख ९० हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अबिनारायण कापलेले बताउनु भयो ।अबैधरूपमा नेपाली रुपैयाँ आउँदैछ भन्ने विशेष सूचनाको आधारमा राजबिराज–हनुमाननगर सडक खण्डको राजबिराजस्थित छिन्नमस्ता अस्पताल अगाडिबाट रुपैयाँसहित चौधरी र मण्डललाई पक्राउ गरेको हो।

स्रोत नखुलेको अवैध रुपैयाँसहित मोटरसाइकल र आरोपित दुई जनालाई थप अनुसन्धान कार्यका लागि सुनसरीको राजश्व कार्यालय इटहरी बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button