तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा एकैदिन थप ११६ जनामा कोरोना पुष्टि

नेपालगन्ज। बाँकेमा आज एकै दिन थप ११६ जनामा कोरोना पुष्टि भएको छ । यो जम्मा परीक्षणको करिब ६८ प्रतिशत हो । १७१ नमुना परीक्षण गर्दा ११६ जनामा कोरोना पुष्टि भएको हो । हिजो पनि १०७ जनामा कोरोना पुष्टि भएको थियो ।

भेरी अस्पताल ल्याबमा ६९, कोहलपुर मेडिकल कलेजमा ३६ र बागेश्वरी ल्याबमा ११ नमुना परीक्षण गरिएको थियो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालको पिसिआर ल्याबमा ९२ जना, मेडिकल कलेज कोहलपुर ल्याबमा ५८ जना र बागेश्वरी ल्याबमा २१ जनामा कोरोना पुष्टि भएको छ । यसमा बाँकेका मात्र ९० जना छन् ।

यो सँगै बाँकेमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५५९ पुगेको छ । अस्पताल र आइसोलेसनहरूमा ३२ जना भर्ना छन् । यी मध्ये २९ जना मध्यम, १ जना भेन्टिलेटरमा र २ जना सिकिस्त छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button