२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने

रेडियो नेपाल २०७८ माघ ७ गते ११:२८
File Photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएको छ ।


प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले आज दिउसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्नुहुनेछ ।
प्रधानमन्त्रीको सम्बोधनको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।


आफ्नो नेतृत्वमा सरकार गठन भएको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।

सम्बन्धित