तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेट संघमा शक्ति गौचनलाई पराजित गर्दै हरिबहादुर थापा निर्वाचित

नव निर्वाचित अध्यक्ष हरिबहादुर थापा

रुपन्देही । रुपन्देही क्रिकेट संघको अध्यक्षमा क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै व्यवसायी हरिबहादुर थापा निर्वाचित हुनुभएको छ  । बुधवार भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनबाट ६४ मतका साथ थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो  ।

उहाँका निकटतम प्रतिद्वन्द्वी क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गर्नुभयो ।त्यसैगरी उपाध्यक्षमा ६० मतसहित धिरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित सञ्जय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित हुनुभएको छ । 

उहाँहरूका प्रतिद्वन्द्वी राजु खड्काले ४४, दिपक शर्मा भुर्तेलले ३९ र दीपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गर्नुभएको छ  । त्यसैगरी संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । अन्य सदस्यहरूमा भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदय कुमार मल्लिक, कमल पाण्डे र श्रीराम नेपाली निर्वाचित हुनुभएको निर्वाचन अधिकृत शारदा मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button