२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

मानवसेवा आश्रमलाई चार लाखको औषधी सहयोग

विश्वराम अधिकारी २०७८ माघ ५ गते २०:०४

मकवानपुर । सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन) मानवहरूको सहारा बनेको मानव सेवा आश्रमको केन्द्रिय कार्यालय हेटौँडालाई करिब चार लाख बराबरको औषधि सहयोग प्राप्त भएको छ ।

आश्रममा आश्रित सबैजसो मनोरोग लगायतका विभिन्न रोगबाट ग्रसितहरूका हेटौँडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले औषधि सहयोग गरेको हो ।

हेटौँडा–९ स्थित मानव सेवा आश्रमको केन्द्रिय अध्यक्ष रामजी अधिकारीलाई वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले एक कार्यक्रमबिच विभिन्न खालका औषधी हस्तान्तरण गर्नुभएको हो ।

सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवम् घोषणा साथै मानवीयताको राष्ट्र नेपाल निर्माण गर्ने प्रतिबद्धताका साथ अगाडी बढेको आश्रममा आश्रितहरूका लागि वडा कार्यालयले सहयोग गरेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

औषधि उपचारमा समस्या भइरहेका बेला वडा कार्यालयबाट प्राप्त औषधी सहयोगले धेरै राहत मिलेको आश्रमका केन्द्रिय अध्यक्ष अधिकारीले बताउनुभयो । आश्रममा हाल २ सय जना आश्रितहरू रहेका छन् । उनीहरू मध्य धेरैजसोले नियमित औषधी खानुपर्ने बाध्यता रहेको छ ।

सम्बन्धित