२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

पहिचान समितिद्वारा प्रतिवेदन पेश

रेडियो नेपाल २०७८ माघ ५ गते १९:१२

काठमाडौँ । शिक्षक अस्पतालको पूर्व सम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ ।

अस्पताल निर्माणका लागि समितिले विभिन्न स्थानको पूर्व सम्भाव्यता अध्ययन गरेर शिक्षक अस्पताल निर्माणका लागि भरतपुर महानगरपालिका–१५ भगवानपुरमा रहेको २१ विघा जग्गा उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

प्रतिवेदन बुझ्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषयमा थप अध्ययन गरी मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो ।

सङ्घीय शिक्षक अस्पतालका लागि ३०० शैया क्षमताको अस्पताल निर्माण र सबै क्षेत्रका लाभग्राहीलाई सुविधा लिन सहज होस भन्ने उद्देश्यले भगवानपुरलाई सिफारिस गरिएको समितिका संयोजक डा. विमल शर्मा चालिसेले जानकारी दिनुभयो ।

अस्पताल निर्माण भएपछि शिक्षक कर्मचारी तथा आश्रित परिवारलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुट हुनेछ ।

सम्बन्धित