पोखरा । कर्मचारीमा कोरोना देखिएपछि कास्कीमा राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता स्थगित तत्कालको लागि स्थगित भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको भन्दै विद्युतीय राहदानी र राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगन गरेको हो ।
बुधवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले अनिश्चित समयका लागि कार्यालयको आंशिक सेवा स्थगन गरिएको जनाएको छ ।
राहदानी, राष्ट्रिय परिचय पत्रसहित भारतीय पेन्सन सिफारिससम्बन्धी कार्य समेत तत्काललाई बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिनुभयो ।
कोभिड १९ संक्रमण दर सामान्य नहुने अवस्थासम्म विद्युतीय राहदानी प्राप्तिका लागि अनलाइनबाट आवेदन समेत नभर्न सेवाग्राहीलाई आग्रह गरिएको छ । कास्कीमा बुधवारसम्म १ हजार ५४६ जना सक्रिय संक्रमित पुगेका छन् ।