तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय महिला हक्की प्रतियोगिता: सुदूरपश्चिम र गण्डकी गोलरहित बराबरीमा

बीरगंज । वीरगन्जमा जारी चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता अन्तरगत आज सुदूरपश्चिम र गण्डकी प्रदेशबिच भएको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि बराबरीमा टुङ्गिएको छ ।

खेल बराबरीमा टुङ्गिएसँगै दुवै टिमले १/१ अङ्क बाडेका छन् । आजको खेलमा गण्डकी प्रदेशको कमला देवी घर्ती पुन उत्कट खेलाडी घोषित भएकी छन् ।

यस अघि आज भएको पहिलो खेलमा मधेस प्रदेशले प्रदेश नम्बर १ लाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको छ । मधेस प्रदेशका जर्सी नम्बर ११ की आकृति राई र जर्सी नम्बर ८ की गीता कुमारी मिङ्गचिङ्गले गोल गरेका थिए ।

गीता कुमारी मिङ्गचिङ्गलाई सो खेलको उत्कट खेलाडी घोषणा गरिएको थियो ।

वीरगन्जको आदर्श नगर रङ्गशालामा मङ्गलवारदेखि शुरु भएको प्रतियोगितामा नेपाली सेना, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेश, मधेस प्रदेश, प्रदेश नम्बर १ गरी ६ वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button