तपाईँ सुन्दै हुनुहुन्छः

बर्जू महोत्सवमा भएको घटना छानबिनका लागि समिति गठन

सुनसरी । सुनसरी प्रशासनले बर्जू महोत्सवको क्रममा भएको घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल संयोजक रहेको समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ सदस्य हुनुहुन्छ ।

त्यसैगरी राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी पनि छानबिन समितिमा रहनुभएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गठित समितिले महोत्सवको क्रममा भएको आगजनी र तोडफोड सम्बन्धमा अध्ययन तथा अनुसन्धान गरी ५ दिनभित्र प्रतिवेदन बुझाउन बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button