तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहलाई वारुणयन्त्र हस्तान्तरण

विराटनगर । प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थानीय तहलाई वारुणयन्त्र हस्तान्तरण गरेको छ ।

मन्त्रालयमा एक कार्यक्रमका आयोजना गरी विराटनगर महानगरपालिका र सुनसरीको देवानगन्ज गाउँपालिकालाई वारुणयन्त्र हस्तान्तरण गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले महानगरपालिकाका मेयर भीम पराजुली र देवानगन्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहतालाई वारुणयन्त्रको चाबी हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा मन्त्री कार्कीले विपद् व्यवस्थापनमा जनताले अनुभूति हुने गरी प्रदेश सरकारले सबै कुराको व्यवस्थापन गरेको छ भन्नुहुँदै प्रदेशका सबै स्थानीय तहमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना गर्न लागिएको बताउनुभयो ।

विराटनगर महानगरपालिकाका मेयर पराजुलीले प्रदेश सरकारले उपलब्ध गराएको दमकल विराटनगर क्षेत्रमा मात्र नभई प्रदेश १ का सबै जिल्लामा आवश्यक पर्दा प्रयोगमा ल्याउने गरी व्यवस्थापन गरिने बताउनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला तथा मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले वारुणयन्त्रलाई थन्काएर राख्ने भन्दा पनि पालिकाहरूले यसको सही उपयोग र बिग्रन गए त्यसको तत्काल मर्मत सम्भार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button