तपाईँ सुन्दै हुनुहुन्छः

५० लाख बढी भन्सार छलीको सामानसहित ट्रक र चालक पक्राउ

बीरगंज । पर्सा प्रहरीले वीरगन्जको माई स्थानबाट ५० लाख मूल्य भन्दा बढीको भन्सार छली ल्याइएको खुद्रा सामान तथा हार्डवेयर पार्टहरू लोड रहेको ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

वीरगन्जबाट भन्सार छली विल विजक भन्दा बढी खुद्रा मालबस्तु तथा हार्डवेयर पार्टहरू लोड गरी काठमाडौँतर्फ लैजान लागेको अवस्थामा गए राति जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बीरगंज महानगरपालिका वडा नम्बर ८ माई स्थानस्थित सडक खण्डबाट प्र.२–०३–००१ ख ३६८९ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

ट्रक पक्राउ परेसँगै चेकजाँचको क्रममा भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा हार्डवेयर पार्टहरू भेटिएपछि चालक वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी ३२ वर्षीय रौफ आलमलाई नियन्त्रण लिई ट्रकसहित थप कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button