तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित

जाकार्ता ।इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसदबाट पारित भएको छ ।जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलवार पारित भएको हो । यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्त्वपूर्ण उपलब्धिको रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ । इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहँदै आएको थियो ।

राजधानी सर्नेसम्वन्धी अवधारणा विगतमा केही पूर्व राष्ट्रपतिहरूले पनि उठाउँदै आउनु भएको थियो ।जाकार्ताको जनसङ्ख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनुलगायतका कारणले राजधानी सार्नुपर्ने आवाज उठेको थियो ।राजधानी सार्न थालिएको ठाउँ नुसान्तारा सहर झण्डै दुई लाख ५६ हजार हेक्टर क्षेत्रफलमा फैलिन्छ । यो ठाउँको छनौट भने पूर्व राष्ट्रपति जोकोवीले छनौट गर्नु भएको राष्ट्रिय विकास तथा योजना मन्त्री सुहार्सो मोनोअर्राफले जानकारी दिनुभयो ।

इन्डोनेसियामा आफैमा विश्वको चौथो धेरै जनसङ्ख्या भएको मुलुक हो । इन्डोनेसियामा अहिले २७ करोड भन्दा बढी जनसङ्ख्या रहेको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button