२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

सन् २००२ को बालीमा भएको बम हमलाको आरोपमा १५ वर्षको जेल सजाय

रेडियो नेपाल २०७८ माघ ५ गते १४:१८

जकार्ता । इन्डोनेसियाको एउटा अदालतले बालीको रिपोर्ट टापुमा २००२ मा भएको बम विस्फोटमा भूमिका खेलेको आरोपमा बुधवार अल–कायदासँग सम्बन्धित इस्लामवादी लडाकुलाई १५ वर्षको जेल सजाय सुनाएको छ ।

संयुक्त राज्य अमेरिकामा ९÷११ आक्रमणको एक वर्षपछि इन्डोनेसियाको बालीमा विदेशी पर्यटकहरूले खचाखच भरिएका रिपोर्ट टापूमा भएको हमला इन्डोनेसियाको इतिहासमा सबैभन्दा घातक आतङ्कवादी हमला बनेको थियो ।

जेमाह इस्लामियाह आतङ्कवादी समूहका उच्च पदस्थ सदस्य जुल्कर्नाइनलाई लगभग १८ वर्ष फरार रहेपछि डिसेम्बर २०२० मा पक्राउ गरिएको थियो । उनी बाली बम विष्फोटका साथै उनको कमाण्डमा रहेको विशेष एकाईले गरेका अन्य धेरै आक्रमणहरूको लागि मुद्दा चलिरहेको थियो । उनलाई १५ वर्षको जेल सजाय सुनाइएको छ ।एएफपी

सम्बन्धित