तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको सर्लाही जिल्ला अधिवेशन स्थगित

सर्लाही। नेपाल कम्युनिस्ट पार्टी(एमाले) को सर्लाही जिल्ला कमिटीको आठौँ अधिवेशन स्थगित गरिएको छ ।

माघ ७ गते सदरमुकाम मलंगवामा नेकपा एमालेको जिल्ला कमिटी अधिवेशन तय गरिएको थियो नेकपा(एमाले) केन्द्रिय कार्यालय र प्रदेश नं. २ को पदाधिकारी बैठकको निर्णय अनुसार कोभिड –१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै पार्टी तथा जनसङ्गठनहरूका २५ जनाभन्दा बढी सहभागिता रहने गरी कुनै पनि प्रकारका सार्वजनिक कार्यक्रमहरू हाललाई स्थगित गर्ने निर्णय गरेपछि जिल्ला कमिटीको अधिवेशन स्थगित गरिएको नेकपा एमालेको जिल्ला अध्यक्ष राजनाराण साहले जानकारी दिनुभयो ।

नेकपा एमालेको जिल्ला कमिटीको अधिवेशन वर्तमान समयमा असहज भएको हुँदा अर्को सूचना प्रेषित नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएको अध्यक्ष साहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button