तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका दर्जन बढी झोलुङ्गे पुल अलपत्र

सल्यान।सल्यानमा दर्जन भन्दा बढी झोलुङ्गे पुल अलपत्र परेका छन् । निर्माण सामाग्रीको अभावमा खोलाहरूमा निर्माण भई रहेका दर्जन बढी पुल अलपत्र परेका हुन । २०७६ साल देखि निर्माणाधीन झोलुङ्गे पुलमा निर्माण सामाग्री अभाव भएपछि अलपत्र परेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार भेरी नदिको घाटाचौर कुदु, देबस्थल, शारदा खोलाको भुतभुते, छहरे, सिमलतारा, मर्मखोलाको ईख्रा, दार्माखोला सिलिङ्गी, घुसखोला लगायत पुलमा आवश्यक पर्ने निर्माण सामाग्री र लट्ठा नहुँदा निर्माण कार्य अलपत्र परेका हुन ।सल्यान जाजरकोट जोड्ने घाटाचौर कुदु झोलुङ्गे पुल २७५दशमलव ८० मिटर लम्बाइको रहेको छ । २ करोड ६ लाख ७९ हजार लागत रहेको झोपु गएको मङ्सिरमा म्याद सकिएर दोस्रो पटक म्याद थप गरिए पनि लट्ठा नभएर रोकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विनोद पुनले बताए । निर्माणका लागि चाहिने अन्य सामाग्री पाइएपनि लट्ठा नहुँदा पुल निर्माण समयमै हुन नसकेको उनको भनाई छ ।

सल्यानका विभिन्न खोलामा निर्माणाधीन पुलमा आवश्यक पर्ने सामाग्री नहुँदा काम रोकिए पछि पटक पटक स्थानीय पूर्वाधार विभागमा अनुरोध गरे पनि अहिले सम्म सामान प्राप्त नभएको पुनले बताए । वारी पारि जोडने लहराको अभावमा निर्माणमा ढिलाइ भएको र आवश्यक सामाग्री ल्याउन पहल भए पनि अहिले सफल हुन नसकेको उनको भनाई छ ।सल्यानमा अहिले २७ वटा झोलुङ्गे पुल निर्माण भई रहेको छन् । स्थानीय तह अन्तरगत १८ वटा र प्रदेश सरकार मार्फत ९ वटा निर्माण भई रहेका हुन । चालु आर्थिक वर्षमा स्थानीय तह अन्तरगत ८ वटा र प्रदेश अन्तरगत ५ वटा पुल निमार्ण गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख पुनले बताए ।

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई समस्या परेको छ । समयमै पुल निर्माण नहुँदा वर्षामा खोला बढ्दा आवाज जावत गर्न समस्या भएको कुमाख गाउँपालिका ४का स्थानीय रण बहादुर वुढाथोकील बताए ।झोलुङ्गे पुल निर्माण सहयोग ईकाई कर्णाली प्रदेशका व्यवस्थापक नरेन्द्र केसीले स्थानीय पूर्वाधार विकास विभागले कोभिड सङ्क्रमणका कारण सामान ल्याउन ढिला भएको बताए । उनका अनुसार केही सामान भन्सारमा आइपुगेको र सामानको व्यवस्था गर्न पहल भई रहेको बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button