तपाईँ सुन्दै हुनुहुन्छः

‘राजनीति सेवा हो, व्यापार होइन’ : अध्यक्ष राजेन्द्र लिङ्देन

कनकाई। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र यसलाई पेशा व्यापार बनाउन नहुने बताउनुभएको छ ।

झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाउनुभयो । उहाँले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सेन्डिकेट अन्त्य गर्नुपर्छ भन्नुभयो । कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृत्वमा पु¥याउनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button