तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा ५५ जना संक्रमित थपिए

पाल्पा।पाल्पामा थप ५५ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगै हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ७७ पुगेको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रैनादेवी छहरा गाउँपालिकाका ९ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका ६ र बगनासकाली गाउँपालिका भित्रका ७ जना रहेका छन् । यस्तै तिनाउ गाउँपालिकामा १, रिब्दीकोट गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना र तानसेन नगर र अस्पतालमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

जिल्लामा ७४ जनाको एन्टिजेन र पीसिआर विधिबाट गरिएको परीक्षणमा थप ५५ जना नयाँ संक्रमित थपिएका हुन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button