२०७९ साल जेठ ४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाबाट विद्युतीय राहदानी फर्म सङ्कलन सुरु

रेडियो नेपाल २०७८ माघ ५ गते ११:२२

गोरखा । एमआरपी वितरण रोकिएको महिना दिन पछि गोरखामा विद्युतीय राहदानी फर्म सङ्कलन सुरु भएको छ । गृह मन्त्रालयबाट आएका प्राविधिक टोलीले आवश्यक उपकरण जडान कार्य सकेपछि मङ्गलवारबाट इ– पासपोर्टको फारम सङ्कलन थालिएको कार्यालयका प्रशासकीय अधिकृत गणेश भट्टराइले बताउनुभयो । पहिलो दिन १० जनाको फारम सङ्कलन गरिएको उहाँको भनाई छ ।

उहाँका अनुसार यो नयाँ प्रणाली भएकाले केही दिन दैनिक १० देखि १५ वटासम्म मात्रै ईपासपोर्टको फारम सङ्कलन गरिनेछ । इ–पासपोर्टको फारम भर्नका लागि राष्ट्रिय परिचयपत्र गरिएको छ । इ– पासपोर्टको फारम भरेको करिब १५ देखि २० दिन भित्र पासपोर्ट सेवाग्राहीले पाउने बताइएको छ ।

राष्ट्रिय परिचय पत्रका लागि टोकन प्रणाली लागु गरेको जिल्ला प्रशासनले दैनिक ६० जनाका लागि मात्र राष्ट्रिय परिचयपत्र दिने गरेको छ । पासपोर्टका लागि अब बायोमेट्रिक जाँच, फोटो खिच्ने, फारम भर्ने लगायतका सबै काम अनलाइन सिस्टममा हुने बताइएको छ ।

सम्बन्धित