तपाईँ सुन्दै हुनुहुन्छः

‘स्थानीय तहको निर्वाचनबारे सत्तारुढ दलहरूबिच सहमति’

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

आज चितवनमा पत्रकारसँग कुराकानी गर्नुहुँदै उपसभापति गुरुङले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरूबिच सहमति भइसकेको र दुई चार दिनभित्रै निर्णय आउने बताउनुभयो ।

file photo

राजनीतिक दलहरू आफ्ना एजेन्डा, दृष्टिकोण, नीति तथा कार्यक्रम लिएर निर्वाचनमा जानुपर्ने भन्नुहुँदै उपसभापति गुरुङले स्थानीय निर्वाचनदेखि आम निर्वाचनसम्म दलहरू गठबन्धन नगरी निर्वाचनमा जानुपर्ने बताउनुभयो ।

उहाँले अहिलेको सरकारले जनचाहना अनुसार खोपको व्यवस्थापन गर्न सफल भएको र खोपसँगै अन्य काम पनि जनचाहना अनुसार गर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button