तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र मन्त्री खड्का र जर्मन राजदूतबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्र मन्त्री डा नारायण खड्कासँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत थोमस प्रिन्जले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबिच विकास सहयोग, व्यापार, लगानी र द्विपक्षीय सम्बन्धका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री खड्काले कोभ्याक्स सुविधामार्फत ४१ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएकामा जर्मनीप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button