तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस युनियन सुनसरीले सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बिमा गर्ने

सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले परिवर्तित नीति अनुसार जिल्लाका सञ्चारकर्मीहरूको दुर्घटना बिमा गर्ने भएको छ ।

यसपटक परिवर्तित नीति अनुसार सुनसरीलाई कार्यक्षेत्र बनाएर सञ्चार कर्ममा आबद्धहरूको निःशुल्क दुर्घटना बिमा गरिने युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।

अधिकारीका अनुसार युनियन र अजोड इन्स्योरेन्स काठमाडौँबिच भएको सम्झौता बमोजिम जिल्लाभर क्रियाशील सञ्चारकर्मीको दुर्घटना बिमा नवीकरणका लागि दुवै संस्थाले आधा–आधा रकम बेहोरिने छ ।

उनका अनुसार यसपटक दुर्घटना बिमाका लागि सुनसरीमा कार्यरत सञ्चारकर्मीले आफू कार्यरत सञ्चार गृहको परिचयपत्र, आफू कार्यरत सञ्चार गृहको सिफारिस, सञ्चार गृहको नियुक्ति पत्र, नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ । दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्ने उनले बताए ।

युनियनमा १ साताभित्र आएको नामावली इन्स्योरेन्समा पठाइने सचिव विवेक भट्टराईले बताए । उनका अनुसार पठाइएको नामावलीमध्ये आधा सञ्चारकर्मीको रकम भने युनियन जिल्लाले बेहोर्ने छ ।

गत वर्ष बिमा गरिएका सञ्चारकर्मीहरू दुर्घटना परेर घाइते भएमा खर्च भएमध्ये ७० हजारसम्म रकम प्राप्त हुन्थ्यो भने अब एक लाखसम्म प्राप्त हुने बताइएको छ । यस्तै, बीमितको मृत्यु भएमा सात लाख सम्म प्राप्त हुने बताइएको छ ।

कागजात बुझाउनका लागि इटहरीका लागि विनय बाह्रकोटीः ९८५११०४५३८, धरानका लागि मातृका नेपाल ९८५२०७५७३०, दुहबीमा आशिष कुमार यादव ९८५२०२५७२१, इनरुवाका लागि टोमराज मेहता ९८४२५०६०३३, बराह क्षेत्रका लागि सङ्गम विष्ट ९८६३४२३७७९, रामधुनीका लागि विनोद आचार्य ९८१९०६४२०८ सँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

त्यसबाहेक जिल्ला सचिव विवेक भट्टराई ९८५२०३५७६४ र अध्यक्ष पवन अधिकारीलाई ९८५२०४८९९६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button