तपाईँ सुन्दै हुनुहुन्छः

सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की शुरु

बीरगंज । चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आजबाट वीरगन्जमा शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यतालिका अन्तरगत नेपाल हक्की सङ्घको आयोजना तथा सानो पाइला वीरगन्जको सहयोगमा आजबाट वीरगन्जको आदर्शनगर रङ्गशालामा शुरु भएको हक्की प्रतियोगिताको उद्घाटन खेलमा नेपाली सेनाले मधेस प्रदेश को टिमलाई शून्यका विरुद्ध ५ गोलले हराएको छ ।

नेपाली सेनाको तर्फबाट खेल शुरु भएको ११ मिनेटमा जर्सी नम्बर ३ की खेलाडी कमला चन्दले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएकी थिइन् भने खेलको २२ औँ मिनेटमा जर्सी नम्बर ६ की सीमा खड्का, २५ औँ मिनेटमा जर्सी नम्बर १० की सिता माया बल, ४२ औँ मिनेटमा जर्सी नम्बर १३ की नीलिमा पाण्डे र ५८ मिनेटमा जर्सी नम्बर १० कि सीमा माया बलले गोल गरेकी थिइन ।

खेलमा मधेस प्रदेशको प्रदर्शन फितलो रहेको थियो ।

प्रतियोगितामा नेपाली सेना, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेश, मधेस प्रदेश, प्रदेश नम्बर १ गरी ६ वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button