तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा बसले किच्दा एक जनाको मृत्यु

उदयपुर ।उदयपुरको उदयपुरगढी गाउँपालिका ५ घाटे स्थित सानिमा बैङ्क अगाडी बसले किचेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बर्ष ५० को कृष्ण बहादुर राई रहेका छन् ।

उनलाई उदयपुरगढी गाउँपालिकादेखि सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको ना ३ ख ७९४४ नम्बरको बसले किचेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो । डिएसपी गौतमका अनुसार मृतक राई सोही बसको यात्रु हुन् ।

उनलाई पछाडिको चक्काले किचेको थियो । मृतक राई घरदेखि तरकारी बेच्न बजार निस्केका थिए । स्थानीय बजारमा तरकारी बिक्री नभएपछि अर्को नेपालटार बजारमा बेच्न गाडी चढेर जाने क्रममा बसले किचेको प्रत्यक्षदर्शीहरू बत्ताउँछन् ।

अहिले रौतामाई गाउँपालिका ७ बस्ने बर्ष ४० को बस चालक राजन कुमार राउत र बसलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button