तपाईँ सुन्दै हुनुहुन्छः

रारा गोल्डकपको तयारी पुरा

कास्की । माघ ६ गतेबाट पोखरा रंगशालामा सञ्चालन हुने आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक सहारा क्लवका अनुसार माघ ६ गते दिउसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरा र शसस्त्र प्रहरीको एपिएफ क्लव बिच खेल हुने आज पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

कोभिड १९ को ओमिक्रोन भेरियन्ट फैलिए संगै आयोजना हुन लागेको उक्त प्रतियोगितामा जिल्ला प्रशासन कार्यालय कास्कीले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै २० औं सस्करणलाई सुचारु गरिएको क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले बताउनु भयो ।

उहाँले भन्नु भयो –“यो अवस्थामा प्रतियोगिता आयोजना गर्नु चुनौतीको विषय हो तर हामी स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाउँदै आयोजना गर्दैछौंं हामी यहाँहरुको सहयोगको पूर्ण अपेक्षा गर्दछौं ।”

माघ १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल ए. पि. एफ क्लब, विवाईएससी मिनेसोटा अमेरिका, मनाङ्ग मस्र्याङ्गदी क्लब र सहारा क्लब पोखराको सहभागिता रहने सहारा क्लवका महासचिव रामजी अधिकारीले बताउनु भयो । गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन रहेको थियो ।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं”भन्ने उद्धेश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि विजेताले नगद १० लाख १ हजार र रु ५ लाख १ हजार रुपैयाँ र उपविजेताले नगद ५ लाख प्राप्त गर्ने छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button