तपाईँ सुन्दै हुनुहुन्छः

काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज उक्त स्थानमा नयाँ मूर्ति राख्ने काम तत्कालका लागि रोक्न अन्तरिम आदेश गरेको हो ।

अधिवक्ता सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनः स्थापना गरेर नित्य पूजा गर्ने कार्य तत्कालका रोक्न आदेशको माग गर्दै अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button