तपाईँ सुन्दै हुनुहुन्छः

श्रोत नखुलेको तीस लाख रकमसहित एक जना पक्राउ

महोत्तरी । महोत्तरीबाट श्रोत नखुलेको तीस लाख रकमसहित एक जना पक्राउ परेका छन् ।

नियमित चेकप्वाईन्टमा भारतबाट नेपालतर्फ आउँदै गरेको ज ६ प ६९४४ नं.को कालो रङ्गको डिस्कोभर मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको तीस लाख रकमसहित मटिहानी नगरपालिका वडा नम्बर ३ बर्दाहा बस्ने वर्ष २३ का मोहमद सहाउदिन पक्राउ परेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सहाउदिनले पिठ्युँमा बोकेको कालो रङ्गको झोलाभित्र ल्याउँदै गरेको २८ बन्डलमा रहेको नेपाली एक हजार दरका नोट तीस लाख बरामद भएको हो ।

पक्राउ परेका सहाउदिनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button