तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका कारण मकवानपुर गोल्डकप स्थगित

मकवानपुर । बढ्दो कोरोना सङ्क्रमणका कारण स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप–२०७८ स्थगित भएको छ ।

कोरोना भाइरस संक्रमण दर बढेसँगै प्रतियोगिता स्थगित गरिएको मकवानपुर जिल्ला फुटबल सङ्घले जनाएको छ । सङ्घले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मकवानपुर गोल्डकप माघ १६ गतेदेखि आयोजना गर्न मकवानपुर जिल्ला फुटबल सङ्घलाई तालिका उपलब्ध गराएको थियो ।

मकवानपुरका स्थानीय पालिकाहरूको प्रायोजनमा मकवानपुर जिल्ला फुटबल सङ्घले मकवानपुर गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

मकवानपुर जिल्ला फुटबल संघका महासचिव युनाल मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा वातावरण अनुकूल भएसँगै प्रतियोगिता आयोजना गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button