तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा आज १७६ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा सोमबार (आज) थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५४६ जनाको कोरोना परीक्षण गर्दा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

file photo

कार्यालयका अनुसार ९४ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनामा र ४ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८ जनामा गरी थप १७६ जनामा संक्रमण संक्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा हाल सम्म कोरोना संक्रमित हुने सङ्ख्या १६०९५ पुगेको छ । जिल्लामा हाल सक्रिय ६ जना संस्थागत आइसोलेसनमा र ५ सय ६३ जना होम आइसोलेसनमा गरी ५ सय ६९ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा कोभिड–१९ संक्रमित दुई जनाको ज्यान गएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button