तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा बढ्दै सक्रिय संक्रमित

पाल्पा ।  पछिल्लो एक साता यता पाल्पामा कोरोनाका सक्रिय संक्रमित बढ्दै गएका छन् । 

केही दिन पहिलेसम्म २९ जना सक्रिय संक्रमित रहेको पाल्पामा आइतबार सम्ममा १ सय २ जना कोरोनाका सक्रिय संक्रमित पुगेका छन् । 

जिल्लाको विभिन्न स्थानमा गरी १ सय २ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । 

सङ्क्रमितमध्ये तीन जना अस्पतालमा भर्ना भएका छन् भने अन्य होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button