तपाईँ सुन्दै हुनुहुन्छः

ब्रेन्टफाेर्डलाई हराउँदै दोस्रो स्थानमा उक्लियो लिभरपुल

काठमाडौं । लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डलाई ३-० ले पराजित गरेकाे हाे । जितमा फाविन्हो, एलेक्स अक्सलेड चेम्बरलेन र ताकुमी मिनामिनोले १-१ गोल गरे ।

४४औँ मिनेटमा फाविन्होले सुरुआती गोल गरे । ६९औँ मिनेटमा एलेक्सले गोल गर्दा लिभरपुल २-० ले अघि बढ्यो । ७७औँ मिनेटमा ताकुमीले गोल गर्दा लिभरपुलले सहज जित पार्‍याे ।

जितपछि लिभरपुलको २१ खेलबाट ४५ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । एक स्थान तल झरेको चेल्सीको ४३ अंक छ । शीर्ष स्थानको सिटीको ५६ अंक छ । पराजित ब्रेन्टफोर्ड २३ अंक जोडेर १४औंं स्थानमा छ ।

अर्काे खेलमा ज्याक ह्यारिसनको ह्याट्रिकमा लिड्स युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–२ ले पराजित गरेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button