तपाईँ सुन्दै हुनुहुन्छः

चिया कारखानामा आगलागी

इलाम । इलामको सूर्योदय नगरपालिका ५ स्थित श्रीअन्तुमा रहेको इलाम टी स्टेट चिया कारखानामा आगलागी भएको छ ।

आगलागीबाट कारखाना पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिनुभयो ।

आज अपराह्न सुरु भएको आगलागी नियन्त्रणका लागि झापा र इलामका दमकल तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी खटिइरहेका छन् ।

कारखानाको भौतिक संरचना सहित उत्पादित चिया नष्ट भएको छ । क्षतिको पूरा विवरण आउन केही समय लाग्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button