तपाईँ सुन्दै हुनुहुन्छः

शेयर कारोबारमा उत्साह

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको कारोबारमा उत्साह देखिएको छ ।

आइतबार नेप्से परिसूचक ६९ अङ्क अर्थात् २.४१ प्रतिशतले बढेर २९२६.७४ विन्दुमा पुगेको छ । यससँगै नेप्से ४ महिना यताकै उच्च विन्दुमा पुगेको हो ।

फाइल तस्बिर

यस अघि भदौ २९ गते परिसूचक २९२९.२९ विन्दुमा बन्द भएको थियो । त्यस पछि आइतबार पहिलो पटक नेप्से सो अं कमा पुगेको हो ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । यस दिन २२९ कम्पनीहरूका १ लाख १ हजार ५८९ पटकको कारोबारमा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर किनबेच भएका छन् ।

यस दिनको कारोबार रकम साँढे ४ महिनायता कै उच्च हो । यस अघि गत भदौ २१ गते ९ अर्ब ८२ करोडको शेयर किनबेच भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button