तपाईँ सुन्दै हुनुहुन्छः

देशभर ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । आज देशभर ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

कुल १५ हजार १ सय ३१ नमूनाको परिक्षण गर्दा पिसिआर परीक्षणबाट ४ हजार ५ सय ३४ र एन्टीजेन परीक्षणबाट ४ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँमा २ हजार ५ सय ४५ , ललितपुरमा ४ सय ७४ र भक्तपुरमा ३ सय २८ गरी काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ३ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्ला २४ घण्टाको औसत संक्रमणदर ३६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

यस्तै आज ४ सय ३५ जना संक्रमित निको भएका छन् भने संक्रमित ३ जनाको मृत्यु भएको छ ।

सार्वजनिक सेवा लिन खोप अनिवार्य: स्वास्थ्य मन्त्रालय
सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य रुपमा खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगाउन आग्रह गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले माघ ७ गते देखि सार्वजनिक स्थलहरूमा प्रवेश गर्न र सार्वजनिक सेवा प्राप्त गर्न कोभिड विरुद्धको खोप कार्ड साथमा राख्नुपर्ने भएकोले खोप लगाउन योग्य व्यक्ति सबैले अनिवार्य खोप लगाउन आग्रह गर्नुभयो ।

खोपको पहुँच वृद्धि तथा भिडभाड कम गर्न काठमाडौँ उपत्यका तथा महानगरका प्रत्येक वडा कार्यालयमा एक खोप केन्द्र र उपमहानगर हकमा २ वटा वडा कार्यालय बरावर एक खोप केन्द्रको व्यवस्था गरिएको सह प्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button