तपाईँ सुन्दै हुनुहुन्छः

पथलैया कप फुटबलको उद्घाटन खेलमा महेन्द्रनगर युवा क्लब विजयी

बारा । बाराको पथलैयामा सुरु भएको प्रथम पथलैया कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा महेन्द्रनगर युवा क्लब, महेन्द्रनगर विजयी भएको छ ।

पथलैयास्थित श्रीकृष्ण मन्दिर मैदानमा भएको खेलमा आयोजक श्रीकृष्ण युवा क्लबलाई २–१ ले पराजित गर्दै महेन्द्रनगरले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

महेन्द्रनगरको जितमा आकाश राना एक्लैले दुई गोल गरे । आयोजक क्लबका लागि आयुश थापाले एक गोल गरे । खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा आयोजक क्लबले उद्घाटन खेलमै पराजय भोग्न बाध्य भयो ।

आयोजक क्लबका आयुशले खेलको १७ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । निर्धारित ६० मिनेटको खेलमा आयोजकले लिएको अग्रता उल्टाउँदै महेन्द्रनगरले जित हात पारेको हो ।

प्रतियोगितामा जिल्लाभरिको १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button