तपाईँ सुन्दै हुनुहुन्छः

६ महिनामा मेची भन्सारबाट लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

झापा । चालु आर्थिक वर्ष ०७८/०७९ को पहिलो ६ महिनामा मेची भन्सार कार्यालय काँकडभिट्टाले लक्ष्यको तुलनामा ८ दशमलव शून्य ९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार साउनदेखि पुस मसान्तसम्मको लक्ष्य ७ अर्ब ३८ करोड ८६ लाख २४ हजार रुपैयाँ भए पनि कार्यालयले ७ अर्ब ९८ करोड ६५ लाख ५९ हजार ३ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यो असुली वार्षिक लक्ष्यको तुलनामा ५१ दशमलव ६८ प्रतिशत हो । कार्यालयलाई भन्सार विभागले १५ अर्ब ४५ करोड ४७ लाख ८७ हजार रुपैयाँ वार्षिक लक्ष्य दिएको छ ।

पछिल्लो समय पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ भित्रिन थालेपछि मेची भन्सार कार्यालय काँकडभिट्टाको राजस्व असुलीमा उल्लेख्य प्रगति भएको कार्यालय प्रमुख ओलीको भनाइ छ ।

राजस्वको मुख्य स्रोत आयात हुने कोइला, पेट्रोलियम पदार्थ, क्लिङ्कर तथा बङ्गलादेशबाट नेपाल आउने पेय पदार्थ रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button