तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो र टेलिभिजनका माध्यमबाट अध्ययन गर्न/ गराउन आग्रह (सूचनासहित)

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कोरोना भाइरसका कारण विद्यालय बन्द गरिएको हालको अवस्थामा रेडियो र टेलिभिजनका माध्यमबाट अध्ययन गर्न गराउन शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई आग्रह गरेको छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक योजना तथा विकास महाशाखा, शिक्षक व्यवस्थापन समन्वय शाखाले कोरोना भाइरसका कारण विद्यालय बन्द गरिएको हालको अवस्थामा रेडियो र टेलिभिजनका माध्यमबाट अध्ययन गर्न गराउन शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई आग्रह गरेको हो  । 

त्यस्तै, केन्द्रले शुक्रवार एक सूचना जारी गर्दै रेडियो नेपाल र सामुदायिक रेडियो प्रसारण सङ्घको सहकार्यमा देश भरका करिब २०१ वटाभन्दा बढी सामुदायिक रेडियोहरूमार्फत कक्षा ९ र १० अनिवार्य बिषयहरुका श्रव्य पाठहरू प्रसारण हुने पनि जानकारी दिएको छ । 

केन्द्रले  रेडियो र टेलिभिजनका माध्यमबाट पठन पाठनमा विद्यार्थीहरूले फाइदा लिन सक्ने वातावरण बनाई दिन अनुरोध गरेको छ  । साथै केन्द्रले युट्युब च्यानल. www.youtube.com/incedvirtual र फेसबुक पेज www.facebook.com/radiodistance बाट आफ्नो अनुकूल समयमा आवश्यकता अनुसार हेर्न सकिने समेत जानकारी गराएको छ  ।

शिक्षक, अभिभावक र विद्यार्थीहरूका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी  गरेको सूचना  :

प्रतिक्रिया राख्नुहोस्

Back to top button