तपाईँ सुन्दै हुनुहुन्छः

झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

भद्रपुर, झापा  । झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिवार राति ९ बजे मेचीनगर नगरपालिका– ९ मा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ज५प १७३१ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ५४ वर्षीय करणबहादुर खड्कालाई ठक्कर दिँदा गम्भीर घाइते भएको र खड्काको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो  । 

त्यस्तै बाह्रदशी गाउँपालिका ६ मा शनिवार साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ९५३९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा बिर्तामोड– ६ का २० वर्षीय अभिषेक सुन्दासको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button