तपाईँ सुन्दै हुनुहुन्छः

बलियो भौतिक संरचना र दिगो विकासलाई गाउँदेखि शहरसम्म पुर्‍याउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बलियो भौतिक संरचना र दिगो विकासलाई गाउँदेखि शहरसम्म पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

२४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले विपद्को पूर्वानुमान गरी विभिन्न कार्यक्रमहरू योजनाबद्ध रुपमा अघि बढाउन आवश्यक भएको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले आर्थिक विकासका लागि वातावरणमा कम क्षति पुर्‍याउने गरी विकास गर्न सबैलाई अनुरोध गर्नुभयो । 

जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गरी सुरक्षित योजनाबद्ध र भूकम्प प्रतिरोधात्मक संरचना निर्माण र पुन निर्माणमा लाग्नुपर्ने बताउनुभयो । 

विगतका विपद्बाट पाठ सिक्दै आवश्यक परेका बेला तत्काल प्रयोगमा आउन सक्ने गरी दक्ष जनशक्ति तयार पारी राख्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।   

प्रधानमन्त्री देउवाले बालुवाटारबाट भर्चुअल रुपमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको उद्घाटन र विपद् पुस्तिकाको लोकार्पण पनि गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button