तपाईँ सुन्दै हुनुहुन्छः

बाल यौन दुराचारको आरोपमा झापामा एक जना पक्राउ

भद्रपुर, झापा । बाल यौन दुराचार आरोपमा झापामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका– ९ दुर्गा टोलका ४० वर्षीय नरबहादुर कार्की रहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

कार्यालयका अनुसार कार्कीले १४ वर्षीया बालिकालाई बिहीबार राति यौन दुराचार गरेको भन्ने खबर प्राप्त हुनासाथ कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button