२०७८ साल माघ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

लिपुलेक विवादबारे भारतको स्पष्टीकरण

रेडियो नेपाल २०७८ माघ १ गते २०:१०

काठमाडौँ । भारत सरकारले नेपालसँगको सिमानाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक रूपमा यथावत् र स्पष्ट रहेको बताएको छ ।

भारत–नेपाल सीमा समस्याबारे हालै नेपालमा सार्वजनिक भएका समाचार एवं वक्तव्यबारे काठमाडौँस्थित भारतीय राजदूतावासले दुई मुलुकबिच स्थापित अन्तर सरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने धारणा प्रस्ट्याएको छ ।

दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा “दुई पक्षबिच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ”, भनिएको छ ।
रासस

सम्बन्धित