तपाईँ सुन्दै हुनुहुन्छः

३८ प्रतिशत लाभांश दिने नबिल बैङ्कको घोषणा

काठमाडौँ । नबिल बैङ्क लिमिटेडले आफ्ना शेयर धनीहरूलाई सबै वाणिज्य बैङ्कहरू भन्दा धेरै लाभांश दिने घोषणा गरेको छ ।

बैङ्कको ३७ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३८ प्रतिशत लाभांश (३३.६०५ बोनस शेयर र ४.४०५ नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैङ्कले गत आर्थिक वर्षमा निजी क्षेत्रका बैङ्कहरूमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको छ । बैङ्कले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी ३३.५७ आर्जन गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ९१ अर्ब पुर्‍याएको छ ।

समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात् बैङ्कको पुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

साधारण सभालाई सम्बोधन गर्दै बैङ्क सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नेपालको बैङ्किङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न नविल बैङ्कले सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा करमार्फत योगदान पुर्‍याउन सफल भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button