तपाईँ सुन्दै हुनुहुन्छः

मकर नुहाउन गएका युवकको खोलाले बगाएर मृत्यु

पाँचथर ।  पाँचथरको तुम्वेवा गाउँपालिकामा मकर नुहाउन गएका एक युवकलाई तमोर नदीले बगाएर मृत्यु भएको छ   ।
तुम्वेवा गाउँपालिका – १ रातमाटेका २९ वर्षीय इन्द्र बहादुर बुढाथोकीलाई तमोर नदीको लिक्टिङ भन्ने ठाउँमा नुहाउँदै गर्दा खोलाले बगाएको हो । 

खोलाले बगाएर बेपत्ता भएका बुढाथोकीलाई इलाका प्रहरी चौकी मौवा र नावाखोलाको प्रहरी टोली तथा स्थानीयहरूको सक्रियतामा ४ किलोमिटर दक्षिण तुम्वेवा – २  हाकपाराको तमोर किनारमा मृत अवस्थामा फेला परेको पाँचथर प्रहरीले जनाएको छ । 

शवलाई पोष्टमार्टमको लागि रवि लगिएको बताइएको छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button