२०७८ साल माघ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

मकर नुहाउन गएका युवकको खोलाले बगाएर मृत्यु

दुर्गा खनाल २०७८ माघ १ गते १८:०८

पाँचथर । पाँचथरको तुम्वेवा गाउँपालिकामा मकर नुहाउन गएका एक युवकलाई तमोर नदीले बगाएर मृत्यु भएको छ ।

तुम्वेवा गाउँपालिका – १ रातमाटेका २९ वर्षीय इन्द्र बहादुर बुढाथोकीलाई तमोर नदीको लिक्टिङ भन्ने ठाउँमा नुहाउँदै गर्दा खोलाले बगाएको हो ।

खोलाले बगाएर बेपत्ता भएका बुढाथोकीलाई इलाका प्रहरी चौकी मौवा र नावा खोलाको प्रहरी टोली तथा स्थानीयको सक्रियतामा ४ किलोमिटर दक्षिण तुम्वेवा – २ हाकपारा किनारमा मृत अवस्थामा फेला परेको पाँचथर प्रहरीले जनाएको छ ।

सम्बन्धित