तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ब्राउन सुगर र गाँजासहित तीन जना पक्राउ

भद्रपुर, झापा । झापाको दमकबाट प्रतिबन्धित लागू औषधसहित तीन जना जना पक्राउ परेका छन् । 

शुक्रवार दमक–२ हम्से–दुम्से सामुदायिक जङ्गलमा मे३प ५६६२ नं. को मोटरसाइकलमा सवार इलाम माङ्सेबुङ गाउँपालिका–२ बस्ने वर्ष ३२ का दीपेन्द्र राई र सोही ठाउँका वर्ष १९ का नुवसन मुखियाले प्रहरीलाई देखेर भागेपछि प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उनीहरूको साथमा रहेको दुई वटा झोलामा १२ केजी गाँजा र ६ ग्राम २६० मिलिग्राम चरेस फेला पारेको थियो । 

उनीहरूलाई पक्राउ गरी मोटरसाइकलसहित इप्रका दमकमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसअघि, बिहीबार राति ९ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ३ बेलडाँगी शिविरबाट २३ वर्षीय राजन तामाङलाई ९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । 

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाउको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button