२०७८ साल माघ ५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यकार डा.शर्माको कृति रन्थमोल भाग दुई लोकार्पण

विप्रमणि आचार्य २०७८ माघ १ गते १७:००

काठमाडौँ ।  साहित्यकार डा.महेश्वर शर्माले जागिरे जीवनका क्रममा भोगेका अनुभवहरूलाई समेटेर तयार पार्नुभएको कृति रन्थमोल भाग दुई आज सार्वजनिक गरिएको छ ।

साहित्यकार डा.शर्माको कृति रन्थमोल भाग दुईको वरिष्ठ साहित्यकार डा.ध्रुवचन्द्र गौतमले आज काठमाडौँमा लोकार्पण गर्नुभएको हो ।

गण्डकी साहित्य प्रतिष्ठानद्वारा आयोजित लोकार्पण समारोहमा वरिष्ठ साहित्यकार डा. गौतमले रन्थमोल कृतिले प्रशासनिक बेथितिको सजीव चित्रण गरेको बताउनुभयो ।

पूर्व मन्त्री एव नेपाली काँग्रेसका नेता नरहरी आचार्यले कृतिले समाजमा रहेको विसङ्गतिलाई सरल भाषामा प्रस्तुत गरेको र आगामी पुस्ताका लागि धेरै ज्ञानवर्धक रहेको बताउनुभयो ।

वरिष्ठ साहित्यकार शारदा शर्माले देशको प्रशासन संयन्त्रमा रहेको भ्रष्टाचार र बेथितिलाई कृतिले यथार्थ चित्रण गरेको बताउनुभयो ।

कृतिका लेखक डा.महेश्वर शर्माले जागिरे जीवनका क्रममा भोगेका अनुभवहरूलाई समेटेर कृति तयार परेकाले नयाँ पुस्ताका प्रशासकहरूलाई मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्राध्यापक डा.सुरेन्द्र के सी, डा.रमेश शुभेच्छु, डा.रश्मि ढकाल लगायतका वक्ताहरूले देशमा ठुला ठुला राजनीतिक परिवर्तन भए पनि कर्मचारीतन्त्रमा व्यावसायिकताको विकास हुन नसकेको बताउनुभयो ।

No description available.

सम्बन्धित