तपाईँ सुन्दै हुनुहुन्छः

पनौतीस्थित त्रिवेणी घाटमा आजदेखि बाह्र वर्षे मकर मेला सुरु (फोटोफिचर)

May be an image of 5 people, people standing, temple and outdoors

काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौतीस्थित त्रिवेणी घाटमा आजदेखि बाह्र वर्षे मकर मेला सुरु भएको छ ।

ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मकर मेला आजदेखि सुरु भएको हो । यो मेला माघ महिनाभर लाग्दछ । 

May be an image of 2 people and outdoors

त्रिवेणी घाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तर पट्टी रहेको कुञ्जगिरी पर्वत अर्थात् गोरखनाथ डाँडास्थित गोरखनाथलाई चढाउँदा पुण्य मिल्ने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । 

पनौती नगरपालिकाले भक्तजन र दशर्नार्थीको सहजतालाई ध्यानमा राखी पनौती त्रिवेणी घाट स्थलको भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्धार तथा रङ्ग रोगन गरी मेला स्थललाई बेहुली झैँ सिँगारेको छ  ।

May be an image of 4 people and outdoors

नगरपालिकाले मकर स्नानका लागि लीलावती र पुण्यमाता खोलाको पानी कुलोमार्फत बाहिर फालेर पिउनयोग्य तथा स्नान गर्न मिल्ने बनाएको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमण पुनः बढ्न थालेपछि कम सङ्ख्यामा भक्तजनको उपस्थिति गराइ स्नान गरी दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । 

May be an image of 5 people, people standing, temple and outdoors

त्रिवेणी घाटमा माघ महिनाभर लाग्ने मकर मेला भर्न अहिले पनौती आसपाससँगै छिमेकी देश भारतबाट भारतीय तीर्थालुहरु आएका छन् । 

May be an image of 9 people, people standing, people walking, temple and outdoors
May be an image of 8 people, people standing and outdoors
May be an image of 7 people, people standing and outdoors
May be an image of 3 people, people standing, temple and outdoors
May be an image of 4 people and outdoors

तस्बिर : सामाजिक सञ्जाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button